गोरखा- पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधारका लागि ७२ घण्टा उपचारात्मक कक्षा सुरु भएकाे छ ।
कोरोना संक्रमण र अन्य बिपतका कारण लामो समय बिधालय बन्द हुदाँ पठनपाठन प्रभावित भएकाले नगरक्षेत्रका बिद्यालयहरुमा अध्ययनरत बालबालिकाहरुको शैक्षिक अबस्था कमजोर हुन पुगेको भन्दै नगरपालिकाले उपचारात्मक कक्षा सुरु गरेको हाे ।
नगरक्षेत्र आधारभूत तह तथा माध्यामिक तहका सवै विद्यालयमा गएको शैक्षिक सत्रको अन्तिम परीक्षामा नतिजा कमजोर देखिएका बालबालिकाहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि उपचारात्मक कक्षा सञ्चालन गरिएको नगरपालिका मेयर बिवश चिन्तनले बताए ।
‘कार्यक्रम अन्तर्गत तोकिएका सवै विद्यालयहरुले कमजोर विद्यार्थीहरुका लागि वार्षिक रुपमा कम्तिमा ७२ घण्टा थप कक्षा व्यवस्थापन गरि पठनपाठन गराउनुपर्छ, उनले भने,‘केही विद्यालयहरुमा उपचारात्मक कक्षा सुरु भईसकेको छ भने केहीमा सुरु हुदैछ ।’ नगरपालिका भित्र सञ्चालित आधारभूत तथा माध्यामिक तहका बिधालयहरुको अन्तिम परीक्षाको नजिता कमजोर देखिएपछि उपचारात्मक कक्षा सुरु गरेको उनले बताए ।
‘नतिजा कमजोर देखिएका विद्यालयमा सुधार गर्नै पर्ने अवस्था छ । उपचारात्मक कक्षा पढाए बापत शिक्षकहरुले प्रति कक्षा करिब ३ सय ५० रुपैयाका दरले पारिश्रमिक पाउने उनले बताए ।
‘शिक्षकहरुलाई अतिरिक्त कक्षा पढाए बापत नगरपालिकाले शिक्षकहरुलाई पारिश्रमिक उपलब्ध गराउन प्रत्येक विद्यालयलाइ २५ हजार रुपैयाका दरले रकम उपलब्ध गराएको छ,’ उनले भने, ‘विद्यालयले कमजोर भएका बिषयका बिधाथीहरुका लागि बिहान वा बेलुकी समय मिलाएर अनिवार्य पढाउनु पर्नेछ ।’
उपचारात्मक कक्षामा विद्यार्थीहरु शिक्षण सिकाईका क्रममा कमजोर रहेको विषयका आधारभूत कुराहरू जानकारी गराइने र त्यसले बालबालिकाहरुको शैक्षिक अवस्थामा सुधार आउने विश्वास लिइएको नगरपालिकाले विश्वास लिएकाे छ ।