भीमसेन थापा गाउँपालिका गोरखाको ११ स्थानीय तहमध्येका एक हो । २०७३ मा सङ्घीय संरचनामा गएपछि साबिकको मसेल, तान्द्राङ्ग, अश्राङ्ग, धावा ,बगुवा र बोर्लाङ गाविसलाई समायोजन गरी भीमसेन थापा गाउँपालिका निर्माण भयो। भीमसेनमा ८ वटा वडा छन्।
गण्डकी प्रदेशको ऐतिहासिक तथा प्राचीन महत्त्व बोकेको बोर्लांगको चण्डी थोक गाउँमा जन्मिएका नेपालको प्रथम तथा सबै भन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियार तथा राष्ट्रिय विभूति भीमसेन थापाको नामबाट यो गाउँपालिकाको नामकरण गरिएको हो ।
०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा लोकप्रसाद बन्जारा निर्वाचित भए । माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य रहेका बन्जारा शहीद परिवार पनि हुन् । उनी जनताको पक्षमा अहोरात्र खट्ने स्थापित नेता हुन् । बन्जारा माओवादी केन्द्रको विभिन्न सञ्चार मोर्चामा काम गरेका छन्, रेडियो, टिभी र पत्रपत्रिकाका सम्पादन र नेतृत्व समेत गरेको ऊनीसँग अनुभव पनि छ।
उनी रेडियो नेपालको सञ्चालक समिति सदस्य र सामुदायिक रेडियो प्रसारक सङ्घको उपाध्यक्ष समेत भएर काम गरेका छन् । यस अघि स्थानीय तहको निर्वाचनमा सोही गाउँपालिका अध्यक्षमा थोरै मतले पराजय बेहोरेका बन्जाराले यस पटक जित निकालेका हुन् । उनै बन्जारासँग पालिका लाइभका लीलाधर कोइराला र गण्डकी डायरीका विमल श्रेष्ठले स्थानीय तह निर्वाचनपछि जनतासामु गरेका प्रतिबद्धता, नीति तथा कार्यक्रमलगायतका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश,
ग्रेट स्मार्ट, हरियाली, स्वच्छ र समृद्धि समाजवाद उन्मुख नमुना गाउँपालिकाको सोच कसरी आयो ? लागु गर्न कसरी योजना बनाई राख्नु भएको छ ?
नेपालको आफ्नो थुपै योजनाहरू हेर्ने हो भने कहिलेसम्म र कसरी, योजनाबद्ध ढङ्गले विकास गर्ने भन्ने बारेमा थुपैं अवधारणाहरू विकास भएको पाइन्छ । सङ्घीय मोडलमा राज्यलाई लैजादैं गर्दा गाउँ-गाउँमा सिंहदरबार भनेर एउटा अवधारण अघि बढ्यो । गाउँ-गाउँमा सिंहदरबार भन्दै गर्दा त्यसको धेरै नै नकारात्मक तथा सकारात्मक कुरा पनि भए ।
हामीले गाउँ-गाउँमा सिंहदरबार मात्रै भएर भएन, त्यसलाई मिलाउनु पर्छ भन्ने बुझाइका साथ घर–घरमा स्थानीय सरकार भनेर हामीले एउटा कार्य योजना बनाएका छौँ । भीमसेन थापा गाउँपालिकालाई ग्रेट स्मार्ट, हरियाली, स्वच्छ र समृद्धि समाजवाद उन्मुख नमुना गाउँपालिका बनाउने सन्दर्भमा विकासका तिनै विविध अनुभव अनुभूतिहरूलाई योजनाबद्ध तरिकाले कार्यान्वयन गर्नका निम्ति हामीले यो ‘स्लोगन’ राखेका हौँ ।
ग्रेट भनेको गौरव गर्न लायक हो । आफू, आफ्नो पालिका, आफ्नो जन्मथलोप्रति आम मानिसको माया कम हुदैं गएको र विशेष गरेर विदेश पलायन तथा सहर पलायन रोक्नका लागि हामीले यो अभियान सुरु गरौँ । स्मार्ट भनेको चुस्त दुस्त प्रविधिमैत्री हो। आजको दुनियाँ एउटा ‘चिप्स’मा अडिएको छ । एउटा सानो निवेदन लिन पनि पालिका वा वडा नै धाउनुपर्ने जुन अवस्था छ, त्यसलाई रोक्न हामीले स्मार्टको अवधारण अघि सारेका छौँ ।
विश्वमा देखिएको जलवायु परिवर्तनका धेरै नै असर मानव जीवनमा भयानक तरिकाले देखिदैं आइरहेको छ, यसलाई रोक्न स्थानीय स्तरबाट के कति गर्न सकिन्छ भनेर हामीले हरियालीको अवधारणका आधारमा रोक्न केही पहल गरेका छौँ । मानव विकासद्वारा नै सिर्जित विकराल अवस्था जुन छ, त्यसलाई न्यूनीकरण गदै विकासलाई व्यवस्थित गर्दै हामीले यो अवधारण ल्याएका हौँ । पछिल्लो समय व्यवस्था परिवर्तन भयो तर व्यवस्था परिवर्तन नभएपछि आम मान्छेमा आक्रोश, चिन्ता तथा असन्तृटि देखा प¥यो। त्यसले गर्दा समृद्धिको निम्ति अब उत्पादन अभियान अगाडि बढाउनु पर्छ भनेर नै यो अवधारणा ल्याएका हौँ ।
चुनावताका जनतासामु गरेका प्रतिबद्धताको अवस्था के कस्तो छ ?
मैले निर्वाचनमा बेला ग्रेट स्मार्ट, हरियाली, स्वच्छ र समृद्धि समाजवाद उन्मुख नमुना गाउँपालिकाका बनाउने अभियानमा थिए, त्यो पूरा गर्ने अभियानमा नै छु । म त्यो दिशामा निरन्तर लागिरहेको छु । मात्रात्मक सुधार, मात्रात्मक नतिजा देख्न सकिने अवस्था छ । मुख्य गरेर हामीले पूर्वाधारका क्षेत्रमा लाइफलाइनका रूपमा भीमसेन थापा गाउँपालिका तिन वटा सडकलाई मुख्य गरेर प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । कोयाभज्याङ–धावा–बालुवाटार, झिगटे– बोलाङ– अक्राङ हुदैं घाटबेशी र बुढिगण्डकी–ज्यादुलखोला– स्तुलखोलासम्मको सडकलाई लाइफलाइनको बाटोका रूपमा विकास गरेर बाहैं महिना गाडी चलाउने भनेका थियौँ, त्यही भएर हामी निरन्तर लागिपरिरहेका छौँ ।
भीमसेन थापा गाउँपालिकाले चक्रपथका रूपमा केही सडकलाई प्राथमिकतामा राखेको भनिएको थियो? खास के भइरहेको छ ?
भीमसेन थापा चक्रपथ विशेष गरेर झिगटेबाट सुरु भएर अक्राङ, बोलाङ हुदैं धावा पुगेर तान्द्राङको सिमलाफेदसम्मको नयाँ ट्याक र मध्यपहाडी राजमार्ग जोडिएर ध्याम्पेशालबाट सदरमुकाम जाने जोडिँदाखेरि झिगटेमा पुगिन्छ, यसलाई खासमा हामीले ‘भीमसेन थापा चक्रपथ’ भनेको हौँ । त्यसमा झिगटेदेखि चन्डीगैरीसम्म ग्राभेलको काम भइरहेको छ, चन्डीगैरादेखि अमलाभज्याङसम्म पनि ग्राभेलको काम भइरहेको छ ।
यो वर्ष भीमसेन थापा चक्रपथको तेस्रो खण्ड तान्द्राङ खोलादेखि तान्द्राङको सिमलको फेदसम्मको भागलाई सङ्घीय समपूरक योजनामा परेको छ। यसले १ करोड ६० लाखको काम गछौं । बाँकी चक्रपथको खण्डमा करिब करोडबढि रकम परेको छ, अब हामी झिगटेदेखि काँहासम्म पु¥याउन सकिन्छ । पिच गर्ने योजनामा छौँ । चक्रपथलाई हामीले प्राथमिकताका रूपमा लिएका छौँ । अझ सङ्घ सरकारसँग ४८ करोड माग गरेका थियौँ, तर बजेट कम आयो, त्यसैले कति सकिन्छ, गर्ने योजनामा छौँ ।
सङ्घ र प्रदेश सरकारको कस्तो सहयोग पाउनु भएको छ ?
सङ्घीय रातो कितामा जम्मा एउटा योजना रहेको रहेछ । कोया भञ्याङका लागि २५ लाख रहेछ । अरू योजनामा हाम्रो गाउँपालिकामा अहिलेसम्म समेटिएको थिएन । अहिले हाम्रो धेरै योजना समावेश भएका छन् । यसले गर्दा आगामी दिनमा पनि थप बजेट पाउने आशा गरेका छौँ ।
सामाजिक रूपमा गाउँपालिकाको योजनामा सहयोग पुर्याउन ‘भीमसेन थापा लोक कल्याण कोष’ मार्फत सामाजिक अभियान सुरु गर्नुभएको थियो, खास त्यो योजना चाहिँ के हो ? र, किन सहयोग गर्ने ?
अरूसँग आशा र अपेक्षा गर्ने मात्रै भयौँ । तर, दिन नसक्ने भएकाले पनि केही योगदान गरौँ भनेर हामीले ‘भीमसेन थापा लोक कल्याण कोष’ मार्फत काम गर्ने योजनाका साथ यो अभियान सुरु भएको हो । कम्तीमा पनि हरेक नागरिकले वर्षको एक दिनको तलब यस कोषमा जम्मा गर्न हामीले आग्रह गरेका छौँ । जसले गर्दा हामीले यही कोषमार्फत यस्ता धेरै योजना समावेश गरी यो अभियान सुरु गर्न लागेका छौँ । यही अभियान अन्तर्गत रहेर पछिल्लो समय पालिकाका सबै नागरिकको दुर्घटना बिमा गरेका छौँ । अझै, भौतिक बिमा, कृषि, पशुलगायतका अन्य क्षेत्रमा पनि काम गर्ने योजना बनाई रहेका छौँ ।
गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष फरक पार्टीको भइरहँदा कतिपय स्थानीय तहमा काम गर्नलाई असहज भइरहेको सुनिन्छ । तपाईँको गाउँपालिकामा कस्तो छ अवस्था ?
फरक राजनीतिक पार्टीको भएपछि कहीँ नै कहीँ त असजिलो हुने नै रहेछ । तर, फेरि पनि हामी छलफल, बहसमार्फत हल गर्ने तयारीमा नै छौँ । हामी माओवादी आन्दोलनमार्फत हामी आएका हौँ । त्यो आन्दोलनमा कयौँ याेग्दाले ज्यान गुमाउनु भयो । हामी जनयुद्धलाई संस्थागत गर्ने अभियानका साथ लागिरहेका छौँ । तर, पनि जनयुद्ध र सहिदलाई सुन्ने, बुझ्ने सन्दर्भमा इरिटेशन छ । यसले गर्दा हाम्रा धेरै कामहरू रोकिएका छन् । विशेष गरेर अहिले भीमसेन थापा गाउँपालिकामा जनयुद्ध संगालय र सहिद पार्क निर्माणको प्रक्रिया अघि बढ्नुपर्ने हो तर ती कार्यक्रमहरूले गति लिई रहेको छैन । त्यो के हो त भन्दा बुझाइमा फरकपना भएकाले सहिद र जनयुद्धलाई संस्थागत गर्ने विषयमा कहीँ न कहीँ बुझाइमा असर गरिरहेको छ ।
आर्थिक वर्षको अन्तिम समयमा आइसकेको छ, पालिकाले असार १० अघि नै नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्ने बाध्यता छ, कस्तो त तयारी ?
हामीले विभिन्न योजनाका साथ विषयगत समितिसङको सहकार्यमा नीति तथा कार्यक्रमको तयारी गरिरहेका छौँ, असारको पहिलो हप्ता हामीले कार्यक्रम ल्याउने योजनामा छौँ । स्थानीय राजनीतिक दललगायतका विज्ञसँगको छलफल पश्चात् प्राप्त सुझावका रूपमा अघि बढ्छौँ । कम्तीमा पनि साना मसिना योजनामा बजेट हाल्नुभन्दा पनि उत्पादन तर्फ केन्द्रित भएर योजना र बजेट ल्याउने अभियानमा छौँ ।
उत्पादन गर्न चाहानेहरुका निम्ति वाणिज्य बैङ्कसँगको सहकार्यमा सुलभ ब्याजमा कर्जाको व्यवस्था गरेको छौँ । कम्तीमा काम छु, उत्पादन छु भन्न सक्नु प¥यो हामी स्रोत परिचालन तथा खोज्नका लागि सहकार्य गर्न तयार छौँ । हाम्रो सोचाइमा नै दुई लाखदेखि ५० लाखसम्म तिरेर विदेश जाने युवालाई कामदार नबन्न र आफै स्वरोजगार बन्न हामीले आग्रह गरेका छौँ । जस्तोमा तपाइसँग सिप छैन भने हामी सिकाउँछौ, पूजिँ छैन हामी उपलब्ध गराउँछौँ । तर, कम्तीमा आफैँ स्वरोजगार बन्ने चाहे चाहिँ हुनुप¥यो ।
हामीले पालिका हरेकलाई सोचेर तत्काल योजना बनाउन नसक्ने रहेछौँ, त्यो हाम्रो करिब १ वर्षको अनुभवले पनि सिकायो । त्यसैले कम्तीमा एउटा वडामा ५–१० जनालाई उत्पादनमा लगाएर स्वरोजगार बनाउन सकियो भने पनि उनीहरूलाई हेरेर अरूले पनि आफैँ स्वरोजगार बन्ने अभियानमा सामेल हुनुहुन्छ भन्ने आशामा हामी रहेका छौँ ।
हाम्रो विकास र हाम्रो व्यवस्थापन हामी आफैले गर्ने हो, हामीले नगरे कसले गर्ने भन्ने भाव सुरु गर्न सक्दैनौँ, सबैले आफ्नो ठाउँबाट केही नयाँ कामको सुरुवात गरौँ, स्थानीय सरकार सबैलाई सहयोग गर्न हरपल तयार छ।
भिडियाे