पाेखरा- गण्डकी सरकारले एक घर : एक धारा कार्यक्रमलाई निरन्तरता दिएको छ।
गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुरु गरेको यो अभियानअन्तर्गत सबै नागरिकका घरमा धारा पुर्याउने लक्ष्य लिए पनि त्यो हालसम्म पूरा भएको छैन।
सो कार्यक्रमका लागि गण्डकीका आर्थिक मामिलामन्त्री जीतबहादुर आलेले आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत् गण्डकीका आर्थिक मामिलामन्त्री जीतबहादुर आलेले २ अर्ब ७० करोड रुपैयाँ विनियोजन गरेका छन्।
यो बजेट कार्यान्वनयमा आउँदा थप ३० हजार धारा जडान हुने उनको घोषणा छ।
सरकारले लिफ्टिङ खानेपानीमा लाग्ने विद्युत महसुल निशुल्क गर्ने घोषणा गर्दै त्यसको लागि ५ करोड विनियोजन गरेका छन्।