काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले यो वा ऊ बाहनामा हिजोका द्वन्द्वका घाउ चर्काएर देशलाई नियन्त्रित अस्थिरताको भुमरीमा फसाइराख्ने भित्री र बाहिरी प्रतिगामी हर्कतबाट सतर्क रहनुपर्ने बताएका छन्।
शनिबार रेशम चौधरीसँगको भेटपछि ट्विटरमा उनले जनयुद्ध, मधेश विद्रोह, थारू विद्रोह, जनजाति आन्दोलन, संयुक्त जनआन्दोलनको बलमा अहिलेको संविधान र जनअधिकार प्राप्त भएको कसैले बिर्सन नहुने पनि लेखेका छन्।
चौधरीलाई भने उनले थारू लगायतका उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग, समुदायको मुक्ति अभियानमा निरन्तर लागिरहन शुभकामना दिएका छन्।
‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै सुशासन र समतामूलक समृद्धिको दिशामा अघि बढ्न सबै प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिहरू एक होऊँ’, उनको आह्वान छ।
हालै जेलमुक्त हुनुभएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई थारू लगायतका उत्पीडित जाति,वर्ग,क्षेत्र,ळिंग,समुदायको मुक्ति अभियानमा निरन्तर लागिरहन हार्दिक शुभकामना!
जनयुद्ध,मधेश विद्रोह,थारू विद्रोह,जनजाति आन्दोलन,संयुक्त जनआन्दोलनको बलमा अहिलेको संविधान र जनअधिकार… pic.twitter.com/fQIjKdZkyf
— Baburam Bhattarai (@brb1954) June 17, 2023