गोरखा– सदरमुकाममा रहेका फेन्सी व्यवसायीहरूले गोरखा सदरमुकाममा दसैँ र तिहारको बिचमा मेला महोत्सव नगर्न माग गरेको छ ।
बिहीबार फेन्सी व्यवसायीले गोरखा नगरपालिका मेयर कृष्ण रानालाई पत्र बुझाउँदै आर्थिक मन्दीले थिलथिला थिलथिला परेको बेलामा महोत्सव नगर्न माग गर्दै माग गरेका हुन् ।
फेन्सी ब्याबशायी संघ गोरखाका अध्यक्ष सुवास मल्लका अनुसार व्यवसायीलाई मर्कामा पार्ने काम जो कोहीबाट गर्न नहुने भन्दै महाेत्सव नगर्न माग गरेकाे बताए ।
उनका अनुसार अहिले गोरखाका धेरै फेन्सी व्यवसायीहरू दिन दिनै पलाएन भइरहने अवस्थामा रहेकाले अलि-अलि व्यापार हुने बेलामा जिल्लाकाे पुजीँ बाहिर जानबाट रोक्न पनि मेला महोत्सव गर्न नहुने बताए।
आर्थिक मन्दीका कारण व्यवसायमा व्यवसायीले घर भाडा र नगरपालिकालाई कर समेत तिर्न कठिनाइ भएको बेलामा यस्तो मेला रोक्दिन मेयर रानासंग माग गरेका हुन् ।
फेन्सी व्यवसायीको पत्र बुझ्दै नगर प्रमुख रानाले दुवै पक्षलाई राखेर समस्याको समाधान गरिने पनि विश्वास व्यक्त गरे ।