काठमाडौं– धादिङमा भारतीय नम्बरप्लेटको यात्रुबाहक बस पल्टिएको छ। बस पल्टिएर भएको दुर्घटनामा केही यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा भारतीय नम्बर प्लेट एआर– ०६ ई ७०३१ नम्बरको बस पल्टिएको हो।
बसमा ३० जना यात्रु सवार रहेका बताइएको छ। प्रहरीका अनुसार बस काठमाडौंबाट भारतको राजस्थानतर्फ गइरहेको थियो।
दुर्घटनामा घाइते भएका सबै यात्रुको उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ। बस पल्टिएर केही समय पृथ्वी राजमार्गमा आवागमन नै अवरुद्ध भएको थियो। यद्यपि क्रेन लगाएर बसलाई हटाएर आवागमन सुचारु गरिएको छ।
बस दुर्घटना हुँदा सडक अवरुद्ध भएको थियो । अहिले भने बसलाई उठाइसकेकाले बाटो खुलिसकेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।