तनहुँ- भानु नगरपालिका–९ वडहरेमा शनिबार दिउँसो कार र बस ठोक्किँदा पाँच जना घाइते भएका छन् ।
बेंसीसहरबाट डुम्रेतर्फ आउँदै गरेको प्र.३.१०२४ च ९८३७ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ग१ ख४३७५ नम्बरको बस आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएकाे छ।
दुर्घटनामा कार चालक ललितमान रुम्बासहित त्यसमा सवार ५ जना घाइते भएका छन् ।
घाइतेको एलाईभ अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।