गोरखा- आगामी आर्थिक वर्ष २०८०/८१ का लागि गण्डकी गाउँपालिकाले ६१ करोड ७२ लाखको बजेट ल्याएको छ । १३औँ गाउँसभा मार्फत पालिका उपप्रमुख ललिता अधिकारीले बजेट सार्वजनिक गरेकी हुन् ।
पालिकालाई संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १२ करोड ९४ लाख, सशर्त अनुदान २८ करोड, समपूरक अनुदान तर्फ १ करोड ७५ लाख, विशेष अनुदान १ करोड ४० लाख, राजस्व बाँडफाँट ८ करोड ७७ लाख ९७ हजार १ सय गरी जम्मा ५२ करोड ९५ लाख ९७ हजार १ सय रहने पालिकाले अनुमान गरेको छ।
त्यस्तै प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ८३ लाख १९ हजार, सशर्त अनुदान ६० लाख, समपूरक अनुदान ५० लाख, राजश्व बाँडफाँड ८० लाख गरी जम्मा ३ करोड ७३ लाख ५७ हजार प्राप्त हुने पालिकाले अनुमान गरेको छ।
गाउँपालिकाको आन्तरिक राजस्व तर्फ भने २ करोड २ लाख ५० हजार र मौज्दात तर्फको ३ करोड बाकी मौज्दात रहेको छ।
‘सामाजिक न्याय सहितको दिगो विकासको चाहाना कृषि, उद्योग, पर्यटन प्रवर्द्धन गण्डकीको योजना’ भन्ने मूलनारा सहित पालिकाले आगामी आर्थिक वर्षको बजेट मुख्य गरी कृषि र स्वास्थ्यमा केन्द्रित गरेर बजेट ल्याएको पालिका प्रमुख दीपक तिमिल्सिनाले बताए ।
कृषि उत्पादनलाई जोड दिँदै कृषि एम्बुलेन्स सञ्चालन गर्ने, स्वास्थ्यको हकमा सुत्केरी अशक्त र विपन्न नागरिक हरूको लागि निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने जस्ता महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको छ।
पालिकाभित्रका विपन्न तथा जेहेन्दार बिद्यार्थीहरुको उच्च शिक्षालाई टेवा पुग्ने हेतुले विगतदेखि उपलब्ध गराउँदै आएको गण्डकी छात्रवृत्ति कार्यक्रमलाई यस वर्ष समेत निरन्तरता दिने, त्यस्तै भौतिक निर्माणतर्फ भने वडाको गौरवको आयोजना सञ्चालन गर्ने र ८ वटै वडाका लागि ५० लाख बजेट विनियोजन गरी वडा गौरव आयोजनालाई यस वर्ष पनि निरन्तरता दिने अध्यक्ष तिमिल्सिनाले बताए ।
पुर्णपाठ
1687717505-vb8wY