काठमाडौँ– गैर आवासीय नेपाली (एनआरएन) पोर्चुगलको अध्यक्षमा नीराजन सुबेदीले दाबी गरेका छन् ।
एनआरएनको सदस्यता नवीकरण तथा नयाँ सदस्य बन्ने समय शनिवार सकिएसंगै विभिन्न देशहरूमा राष्ट्रिय समितिको अधिवेशनको चर्चा सुरु भएको छ ।
पोर्चुगलमा पनि एनआरएनको चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।
एनआरएन पोर्चुगलको नवौँ राष्ट्रिय महाधिवेशन २०२३-२५ कार्यकालको लागि अध्यक्षमा चर्चित अनुहारको दाबेदार बढ्दै गएको छ ।
हालमा अध्यक्ष रविन अधिकारी, महासचिव राजकुमार थापा, जनसम्पर्क समितिका अध्यक्ष वकिल केसी, पूर्व महासचिव नीराजन सुवेदी, उपाध्यक्ष दिपा काफ्ले लगाएले अध्यक्षमा दाबी गरेका छन् ।
प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष तथा पूर्व एनआरएन महासचिव सुबेदीले भने आफ्नो उमेदवारिको बारेमा प्रस्ट दाबी गर्दै अरूलाई समेत सहयोग गर्न आव्हान गरिसकेका छन् । अन्य प्रत्याशीहरू चाहिँ माहौल हेर्दै पर्ख र हेरको अवस्थामा छन् ।
सुवेदी सफल युवा व्यवसायी हुन् । नेपाली ब्रान्ड यार्सागुम्बालाई विदेशसम्म चिनाउने उद्देश्यले यार्सागुम्बा नामक रेस्टुरेन्ट खोलेर यार्सागुम्बा रेस्टुरेन्टको धेरै शाखा खोली सयौँ नेपालीलाई प्रत्यक्ष रोजगारी सिर्जना गरिरहेका छन् ।
उनको दाबेदारलाई सर्वसम्मत गराउन पोर्चुगलका पूर्व अध्यक्षहरू पनि सकारात्मक रहेको र स्वतन्त्र युवाहरूको ठुलो पङ्क्ति उनको पक्षमा रहेको पोर्चुगलमा लामो समय रहेका युवा विनोद कार्की बत्ताउँछन् ।
त्रिभुवन विश्वविद्यालय, काठमाडौँबाट स्नातकोत्तर गरेर बेलायतबाट हस्पिटालिटिमा स्नातक गरेका सुवेदी विभिन्न सामाजिक संघ संस्थामा सक्रिय पात्र हुन् ।
पोर्चुगलमा एनआरएन विवादले चरम उत्कर्षमा पुगिरहँदा मध्यमार्गी भूमिकामा निभाएका सुवेदी सबै पक्षको साझा उम्मेदवार हुने सम्भावना बढ्दो छ ।
करिब ६० हजार नेपाली रहेको पोर्चुगलको एनआरएन चुनाव अन्य देशको भन्दा विशेष महत्त्वको हुने गर्दछ ।