काठमाडौं– समाजवादी मोर्चामा नअटाएको डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले सबै स्थानीय तहसम्म संगठनात्मक सञ्जाल विस्तार गर्ने भएको छ ।
पार्टीलाई वैचारिक रुपमा नयाँ प्रगतिशील, लोकतान्त्रिक, समाजवादी विकल्पको रुपमा स्थापित गर्ने भएको छ ।
अभियान २०८० असारबाट सुरु भई पुस मसान्तसम्म सञ्चालन हुने जनाएको छ ।
पार्टी, नेता–कार्यकर्ताहरुको सैद्धान्तिक एवम्वैचारिक स्तर अभिवृद्धि गर्ने, तत्कालीन जनसरोकारका विषय र निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली तथा पहिचान सहितको संघीयताको एजेण्डालाई सडक, सदन र सरकारमा सशक्त रुपमा उठाउने र विचार मुद्दा मिल्ने शक्तिहरुसँग संवाद, सहकार्य र ध्रुवीकरणको कामलाई अघि बढाउँदै प्रगतिशील, लोकतान्त्रिक, समाजवादी ध्रुव निर्माण गर्न पहल गर्ने जनाएको छ ।
यस्ताे छ पूर्णपाठ