काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको स्पष्टीकरण नभई राजीनामा नै चाहिने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुले सोधेको प्रश्नमा जवाफ दिँदै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान, स्वाधीनता विपरीत अभिव्यक्ति दिएका कारण राजीनामा दिनुपर्ने बताएका हुन् ।
@palikalivenp प्रधानमन्त्रीको जवाफ होइन, राजीनामा चाहियो : केपी ओली
‘प्रधानमन्त्रीले राम्रो काम त गर्दै गर्नुभएन, नराम्रो गर्दै गर्दै आएर अब त राष्ट्रिय स्वाभिमान र स्वाधीनता आदि प्रश्नमाथि, संविधानमाथि, संसदमाथि घोर अपमान, यस्तो खालको अभिव्यक्ति दिनुभयो । जसले गर्दा उहाँले राजीनामा गर्नु आवश्यक छ’ ओलीले भने ।
प्रधानमन्त्रीले स्पष्टीकरण दिन्छु भन्नुभएको छ नि भन्ने पत्रकारको प्रश्नमा ओलीले भने, ‘हामीलाई स्पष्टीकरण होइन राजीनामा चाहिन्छ ।’