काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् ।
यो रोग लागेका व्यक्तिलाई हिँडडुलमा समस्या पर्ने, बोल्न र निल्नसमेत कठिन हुने चिकित्सहरु बताउँछन् । यो रोगको संकेत पहिलेदेखि देखिएको भए पनि छोरा प्रकाश दाहालको निधनपछि झनै च्यापेको थियो । यसअघि सीताको उपचार भारत, सिंगापुरलगायतका देशमा पनि गरिएको थियो ।