काठमाडौं– इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ।
नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य घटेर आएको छ भने डिजेलको मूल्य बढेर आएको छ।
डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको नेपाल आयल निगमले जनाएको छ।