काठमाडौं– सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेको स्रोतले जानकारी दियो ।
उनी तिब्बत एयरबाट चीन भाग्न लागेको अवस्थामा प्रहरीले विमानस्थलबाट पक्राउ गरेको हो।
उनलाई पक्राउ गर्नका लागि राजश्व अनुसन्धान विभागले अध्यागमन विभागलाई जानकारी गराएको थियो।
अध्यागमनले विमानस्थल प्रहरीलाई दिएको सूचनाका आधारमा पक्राउ गरेको हो।
प्रहरीले बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट सय केजी सुन बरामद गरेको थियो।
यसअघि मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।
त्यो सुन तस्करी प्रकरणमा उनीहरुको संलग्नता रहेको राजश्व अनुसन्धान विभागको दाबी छ ।