काठमाडौँ– महालक्ष्मी विकास बैंकको हेटौँडा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मातृभूमि साहित्य समाजसँग समन्वय गरी वार्षिक रूपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्य पुरस्कार–२०७९ द्वारा प्रा.डा. गोविन्दराज भट्टराईलाई सम्मानित गरेको छ।
बैंकको बागमती प्रदेश ‘ख’ का प्रादेशिक प्रबन्धक शम्भुप्रसाद पराजुलीले ५१ हजार राशिको उक्त पुरस्कार भट्टराईलाई हस्तान्तरण गरेका हुन्। साहित्यकार भट्टराईले विभिन्न विधाहरूमा ६५ कृति प्रकाशन गरी नेपाली साहित्य क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप बैंकले उक्त पुरस्कारबाट सम्मान गरेको हो।
साहित्यकार भट्टराईले बैंकले पनि साहित्यिक पुरस्कार स्थापना गरेकोमा हर्ष व्यक्त गर्दै उपस्थित सम्पूर्णलाई जीवनमा कम्तीमा पनि एउटा कृति प्रकाशन गर्न अनुरोध गरे।
आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरूलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने बैंकले जनाएको छ।
विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रहिआएको बैंकले आम ग्राहकको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
“सबल बैङ्क, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै महालक्ष्मी विकास बैंकले नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रूपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।