गाेरखा– आन्तरिक राजस्व कार्यालय, दमौलीले आयकर, मूल्य अभिवृद्वि कर र अन्तःशुल्कतर्फको कर नबुझाएका गाेरखाका ६ उद्योगी व्यवसायीको बैंक खाता रोक्का गरेको छ।
गोरखाका ६ व्यवसायीको खाता रोक्का गरिएको कार्यालयका रामकाजी गुरुङले जानकारी दिए।
‘अधिकांश उद्योगी व्यवसायी कार्यालयको सम्पर्कमा आएका छैनन्। कतिपयले भ्याटको अद्यावधिकसमेत नगरेको पाइएको छ’, उनले भने।
कार्यालयले २०८० वैशाख १६ गते पहिलोपटक सूचना प्रकाशित गरी १५ दिनभित्र बक्यौता रकम दाखिला गर्न अनुरोध गरेको कार्यालयकाले जनाएकाे छ ।
व्यवसायीको आम्दानी स्रोतको खोजी गरी त्यहीबाट कट्टा गराई बक्यौता रकम दाखिला गराउने अभियान थाल्ने उनले बताए। उक्त कार्यबाट पनि दाखिला गराउन नसके निजको चलअचल सम्पत्तिसमेत रोक्का गरी दाखिला गराउन सकिने व्यवस्था छ।
कसकाे खाता राेक्का भयाे
खाता रोक्का हुने व्यवसायीमा गोरखा नगरपालिकाका तिन जना व्यवसायी रहेका छन् । प्राय ठेकेदार कम्पनीका मालिकहरू बेपत्ता भएको कर नतिरी बेपत्ता भएका छन् ।
गोरखा नगरपालिकाका वडा न ९ मा रोशनी कवाडी कलेक्सन नाममा व्यवसाय सञ्चालन गर्दै आएका कृष्ण प्रसाद कलवार, वडा न ८ मा शिवा कन्स्ट्रक्सन नाममा व्यवसाय गरेका ईन्सान बस्नेत, वडा न ६ मा गोरखा इन्जिनियरिङ कन्स्ट्रक्सनका सञ्चालक प्रकाश कुमार श्रेष्ठको खाता रोक्का गरेको हो ।
त्यस्तै बारपाक-सुलिकाेट गाउँपालिका वडा न ४ साैरपानीमा बज्रपाणी निर्माण सेवा र धार्चे बाख्रा फर्म सञ्चालन गरेका रवित तामाङ
र गण्डकी गाउँपालिका-८, का सृजित रेग्मीले सञ्चालन गरेको ध्याल्चाेक सिद्धि दर्शन कन्स्ट्रक्सन एन्ड सप्लायर्स र अफसर आलम कवाडी स्टार्ट आरूघाट-९ का सञ्चालक शेख सैफुल्लाहकाे खाता रोक्न गरेको हो ।