काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा डेढ घण्टा लामो वार्ता भएको छ।
प्रधानमन्त्री प्रचण्डसँग वार्ताका लागि अध्यक्ष ओली आइतबार बिहान साढे ९ बजे बालुवाटार पुगेका थिए।
त्यहाँ उनीहरुबीच करिब डेढ घण्टा लामो वार्ता भएको छ। बालुवार श्रोतका अनुसार वार्ताको विषय कोशी प्रदेश थियो।
यस्तोमा कोशी अहिले सकरारविहीन शून्यताको अवस्थामा छ। कोशीमा एमालेले यसअघि नै संविधानको धारा १६८ को उपधारा तीन अनुसार सरकारमा दाबी गरेको थियो।
तर उता गठबन्धनले सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर जुटाएर बहुमतसहित सरकार बनाएको थियो। जुन सरकार २२ दिनमै खारेजीमा परिसकेको छ।
यस्तोमा कोशीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई रिझाएर बहुमत जुटाउने प्रयासमा छ।
तर अहिलेसम्म राप्रपाले आफूलाई मौन राखेको छ। यदि प्रदेश प्रमुख परशुराम खापुङले दिएको असार १६ गतेभित्र पनि सरकार नबने उपाधारा ३ मा गएर एमालेको सरकार बन्ने छ।
सोमबारसम्म सरकार बनाउनुपर्ने दबाबमा रहेको कोशीलाई लिएर छलफल भए पनि दुई नेताको तर्फबाट यसबारे औपचारिक भनाइ आएको छैन।