काठमाडौं- डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले एकताका लागि पठाएको नौ बुँदे प्रस्तावबारे माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा छलफल हुने भएको छ ।
माओवादीसँग एकताका लागि संवाद गर्न गठित नेसपा संवाद समितिका संयोजक गंगानारायण श्रेष्ठले उक्त प्रस्ताव माओवादी केन्द्रलाई बुझाएका थिए ।
एकतासम्बन्धी प्रस्तावमा नाम र झन्डाले विचार र पहिचानलाई व्यक्त गर्ने भन्दै सार र रूपबिच तादात्म्य मिलाउन पार्टी एकतापछिको एकीकृत पार्टीको नाम, झन्डा र चुनाव चिन्ह परिवर्तन गर्नुपर्ने उल्लेख गरिएको छ ।
‘नाम र झन्डाले विचार र पहिचानलाई व्यक्त गर्दछ । सार र रूपबिच तादात्म्य हुनुपर्दछ । त्यसैले नाम, झन्डा र चुनाव चिन्ह परिवर्तन गर्नुपर्दछ’, नेसपाले माओवादीलाई पठाएको प्रस्तावको आठ नम्बर बुँदामा भनिएको छ ।
त्यस्तै आफ्नो पार्टीका कम्तीमा सात जना नेतालाई केन्द्रीय पदाधिकारीमा समायोजन गर्नुपर्ने प्रस्ताव पनि नेसपाको रहेको छ । ‘मुख्यतः समाजवादी केन्द्र निर्माणको आवश्यकता सँगसँगै व्यक्तिको वरिष्ठता, क्रियाशीलता, योग्यता, क्षमता र प्रभावकारिताको आधारमा कम्तीमा नेसपाबाट ७ जनालाई केन्द्रीय पदाधिकारीमा समायोजन गर्नुपर्नेछ’, नेसपाले भनेको छ ।
साथै केन्द्रीय पदाधिकारीमा समायोजन हुन बाँकी रहेका नेसपाका केन्द्रीय पदाधिकारीहरूलाई स्थायी समितिमा र केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पोलिटब्युरो (राजनीतिक समिति) मा समायोजन गर्नुपर्ने नेसपाको प्रस्ताव छ ।
आगामी साउन १७ गतेबाट सुरु हुने नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा भट्टराईको पार्टीका प्रस्तावबारे छलफल हुने नेताहरूको भनाइ छ ।
यस्ताे छ ९ बुँदे प्रस्ताव