मनाङ– हिमाली जिल्ला मनाङमा भुइँ बारुला (सिङ्गुस) खाँदा ६ जना बिरामी परेका छन्। मंगलबार दिउँसो चामे गाउँपालिका–३ कोतोस्थित मनाङमा काम गर्ने ६ जना मजदुरले सिङ्गुस पोलेर खाँदा बिरामी परेका हुन्।
गोरखाको गण्डकी गाउँपालिका ५ का ४४ वर्षीय दलबहादुर आलेमगर, ४३ वर्षीय टेकबहादुर सुनार, ३८ वर्षीय महलमान थापामगर, ४० वर्षीय गुञ्जमान थापा, पालुङटार नगरपालिकाका ८ का ३८ वर्षीय सेते तामाङ बिरामी परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक नवीनकुमार भण्डारीका अनुसार सिङ्गुस खाएका सात जनालाई लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ। ‘सिङ्गुस खाएर रातिदेखि मुटु, छाती र सबै जीउ पोल्न थालेपछि उनीहरूलाई थप उपचारको लागि लमजुङ अस्पताल पठाइएको छ’, प्रनाउ भण्डारीले भने।
उनका अनुसार सबै बिरामी अचेत अवस्थामा रहेका छन्।