काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले आफू मन्त्री पदबाट फिर्ता हुन तयार रहेको बताएका छन् ।
मन्त्री किरातीले जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा आफू मन्त्रीबाट फिर्ता हुन तयार रहेको बताएका हुन् ।
‘जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा म मन्त्रीबाट फिर्ता हुन तयार छु’, उनले भने, ‘मिलाउने भनेको २ अंकको केन्द्रीय समिति बनाउ, तर, म सहितको हुनुपर्छ भन्ने मेरो सर्त होइन ।’
याे पनि,
सरकारमा जनमतकी अनिताकाे प्रवेशसँगै मोदी र किराती आउट, माओवादीबाट काे बन्ला ?
उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बाध्यता रहेको बताउँदै उनलाई सहयोग गर्न तयार रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले किरातीसहितका माओवादी मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिपरिषद् हेरफेर गर्न लागेको चर्चापछि किरातीले यस्तो प्रतिक्रिया दिएका हुन् ।