काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले तीन महिनाअघि प्रधानमन्त्री प्रचण्डलाई आफूले राजीनामा बुझाइसकेको खुलासा गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्र तर्फका मन्त्री तथा पार्टी पदाधिकारीको जारी बैठकमा मन्त्री मोदीले आफूले ३ महिनाअघि नै राजीनामा दिएको खुलाउँदै आफू प्रधानमन्त्रीको निर्णय पर्खिरहेको बताए ।
मन्त्री मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ । बालुवाटारमा बसेको बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो ।
याे पनि,
दुई अंकको केन्द्रीय समिति बनाऊ, म मन्त्रीबाट फिर्ता हुन तयार छु : सुदन किराती
मन्त्री मोदीलाई फिर्ता बोलाएर जनमत पार्टीलाई सरकारमा भित्र्याउने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।
असार अन्तिम साता माओवादीको कोटामै जनमतलाई भित्र्याउने सत्तागठबन्धनमा सहमति भएको थियो ।
जनमत पार्टीले अनितादेवी साहको नाम २६ असारमै सिफारिस भइसकेको छ ।
याे पनि,
सरकारमा जनमतकी अनिताकाे प्रवेशसँगै मोदी र किराती आउट, माओवादीबाट काे बन्ला ?