काठमाडौं- जनमत पार्टीकी प्रमुख सचेतक अनितादेवी साहले आज (सोमबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पदको शपथ खाँदै छिन्।
राष्ट्रपतिको सचिवालयका अनुसार साहले अहिले बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ खाने कार्यक्रम छ।
याे पनि,
दुई अंकको केन्द्रीय समिति बनाऊ, म मन्त्रीबाट फिर्ता हुन तयार छु : सुदन किराती
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका अमनलाल मोदीलाई हटाएर जनमत पार्टीलाई सरकारमा समेटेका हुन्।
याे पनि,
माओवादी बैठकमा मन्त्री मोदीले भने : ३ महिनाअघि नै राजीनामा दिएको छु, प्रधानमन्त्रीले निर्णय गर्नुस्
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरिसकेको छ।
याे पनि,
सरकारमा जनमतकी अनिताकाे प्रवेशसँगै मोदी र किराती आउट, माओवादीबाट काे बन्ला ?