काठमाडौं- डा. सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी भएको छ ।
जनमत पार्टीकी समानुपातिक सांसद अनितादेवी साह संघीय सरकारको मन्त्रीमा नियुक्त भएकी हुन् । उनी गत वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा पराजित भएकी थिइन् ।
जनमत पार्टीकी सांसद साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायत सहभागी थिए ।
यसअघि सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदी थिए ।
जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मोदीलाई माओवादी केन्द्रले आइतबार सरकारबाट फिर्ता बोलाएको थियो ।
यसअघि पनि जनमत एक मन्त्रीसहित सरकारमा सहभागी भएको थियो ।
जनमतका अब्दुल खानलाई प्रधानमन्त्री प्रचण्डले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जनमत सरकारबाट बाहिरिएको थियो ।
याे पनि,
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा अनितादेवी साह, शपथ आज