काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दूरसञ्चार प्राधिकरणले टेलिफोन तथा डाटा रेकर्ड प्रणाली लागू गर्न लागेकोमा त्यसलाई कार्यान्वयन हुन नदिने बताएका छन् ।
सम्पादकहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले फोन ट्यापिङ तथा डाटाहरु रेकर्ड गर्ने प्रयोजनाका लागि प्रयोग गर्न खोजिस्को विवादस्पद प्रविधि आफूले कार्यन्वयन हुन नदिने बताए । प्रधानमन्त्रीले भने- मेरो पालामा त्यस्तो प्रविधि लागू हुन दिन्नँ । उपकरण खरिद गरेर ल्याएको भए पनि त्यो म लागू हुन दिन्नँ ।
प्राधिकरणले यो प्रणाली लागू गर्न सबै तयारी थालेर उपकरण समेत करोडौंमा खरिद गरेको छ । नेपाल टेलिकमले सो प्रणालीले ग्राहकको गोपनीयता नरहने भन्दै लागु गर्न नसकिने बताएको छ ।