काठमाडौं- सरकारले पेट्रोलियम पदार्थमा मूल्य बढाएसँगै सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ। यातायात व्यवस्था विभागले यात्रुवाहक र मालवाहक सवारीको मूल्य बढाएको हो।
सार्वजनिक यातायातको भाडा समायोजना गर्दा इन्धनको मूल्य ५ प्रतिशत भन्दा तलमाथी भएमा समायोजना हुने गरेको छ। साउन ३१ गते डिजेलको मूल्य १६५.८३ रुपैयाँ भएकाले करिब ५ प्रतिशत भाडा वृद्धि भएको छ।
यात्रुवाहक सवारीमा ४.७ प्रतिशत भाडा बढ्दा पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको ६.१५ र तराईको बाटोमा ६.८३ प्रतिशतले मूल्य वृद्धि भएको छ।
स्तरीय डिलक्स सवारीले विभागले तोकेको भन्दा २० प्रतिशत बढीसम्म भाडा लिन सक्ने व्यवस्था रहेको छ।