काठमाडौं- एनसेल आजियाटा लिमिटेडले हाल संचालनमा रहेको इङ्लिस प्रिमियर लिग (ईपीएल) २०२३/२४ को अवसरमा एनसेल एपमा ‘एनसेल ईपीएल लिग’ प्रतियोगिता सुरु गरेको छ।
यस प्रतियोगितामा सहभागी ग्राहकहरुले साप्ताहिक रुपमा र ईपीएल सिजनको अन्त्यमा तीनजनाले मुख्य पुरस्कार जित्ने मौका पाउँछन्।
सहभागी एनसेल एप प्रयोगकर्ताले ईपीएलका खेलहरूको आधारमा साप्ताहिक रूपमा फुटबलको नतिजाको पूर्वानुमान गर्न सक्छन्।
प्रतियोगितामा भाग लिन प्रयोगकर्ताले एपमा लगइन गरि एपको माथिल्लो दायाँ कुनामा रहेको ह्यामबर्गर आइकनमा गएर प्रेडिक्ट एन्ड विनभित्र गई आवश्यक विवरण भरेर खेलको पूर्वानुमान गरेर अंकमा नतिजाहरु साप्ताहिक रुपमा भर्न सक्छन्।
ग्राहकहरुलाई साप्ताहिक रुपमा बोनस प्रश्न पनि सोधिने छ। जसबाट १० अंक संकलन गर्न सकिन्छ। सही उत्तरमा केही पुरस्कार पनि प्राप्त गर्न सकिन्छ।