गोरखा– चुमनुब्री गाउँपालिकाले सिसाजन्य सामग्री प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
साउन ३१ गते सूचना जारी गदै पालिकाले भदौ मसान्तभित्र पालिकालाई सिसाजन्य सामग्रीको प्रयोगमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने जनाएको हो ।
उक्त अवधिभित्र सिसाजन्य सामग्रीको वैकल्पिक प्रयोगको व्यवस्था गर्न पालिकाले सबै उद्योगी, व्यापारी, व्यवसायी तथा आम सर्वसाधारणमा समय सीमा दिएको छ ।
पालिकालाई सिसामुक्त बनाई सफा र सुन्दर गाउँपालिका निर्माणको महान अभियानमा सहयोग पुर्याउन गाउँपालिका अध्यक्ष निमा लामाले आग्रहसमेत गरे ।
यसअघि सो गाउँपालिकाको गाउँसभाले चुमनुब्रीलाई सिसामुक्त बनाउने निर्णय समेत गरेको थियो ।
गाउँपालिकामा मनासलु आरोहण, लार्के पास, चुम तथा नुब्री उपत्यका भ्रमणका लागि विदेशी पर्यटक प्रशस्त आउने गर्छन् ।
सिसामुक्त गाउँपालिकाको सन्देशले पर्यटकसमेत बढ्नेमा विश्वास गरिएको छ ।