काठमाडौं– संघीय मालिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहको नाम अंग्रेजीमा लेखेर राजपत्रमा प्रकाशन गर्ने भएको छ ।
मन्त्रालयले राहदानी विभाग र गृह मन्त्रालयसँग सहकार्य गरेर सबै स्थानीय तहको नाम अंग्रेजीमा लेखेर राजपत्रमै प्रकाशनको गृहकार्य गरिरहेको छ ।
यो प्रयोजनका लागि मन्त्रालयले सबै स्थानीय तहलाई यसअघि नै अंग्रेजीमा पालिकाको नाम लेखेर पठाउन भनेको थियो ।
स्थानीय तहहरूले उपलब्ध गराएको विवरणलाई एकीकृत गरेर मन्त्रालयले सबै स्थानीय तहको नाम अंग्रेजी र नेपालीमा समेत लेखिदिएर सच्याउनका लागि फिर्ता पठाएको छ ।
स्थानीय तहलाई अंग्रेजी नाम पठाउँदै सच्याउनु पर्ने भए ३ दिन भित्र जानकारी गराउन भनेको मन्त्रालयका शाखा अधिकृत खम्बराज राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय तहको अंग्रेजी नामको हिज्जेमा एकरूपता कायम गर्नका लागि यो प्रयास थालिएको मन्त्रालयले जनाएको छ ।
स्थानीय तहहरूलाई यसअघि पनि पत्राचार गर्दै आएको मन्त्रालयले शुक्रवार भने अन्तिम ताकेता गरेको हो ।
यस्तो छ मन्त्रालयले तयार पारेको अंग्रेजी नाम
local level name list final1692352281