काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीको छायाका कारण राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नेकपा (एमाले) नगएको बताएका छन् ।
मंगलबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीको छाया परेकाले एमाले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नगएको बताएका हुन् ।
उनले माधव नेपालको छाया बैठकमा परेकाले एमालेका नेताहरु अनुपस्थित भएका बताए ।
उनले आफूहरुसँग त्यस्तो संकिर्णता र सानो चित्त नभएको भन्दै साझा विषयवस्तुहरुमा सबैसँग हातेमालो गर्दै अघि बढ्न चाहेको बताए ।
उनले आफूहरुसँग न्यूनतम संस्कार र संस्कृति रहेको उल्लेख गरे ।
अध्यक्ष नेपालले आफ्नो मनमा नेपाली समाजलाई मुक्ति दिलाउने र नेपालमा समाजवादलाई कसरी साकार पार्न सकिन्छ भन्ने सोच र चिन्तनमात्र रहेको बताए।
भिडिओ