गोरखा- विशेष अदालतले अजिरकोट गाउँपालिकाका तत्कालीन वडा सचिवसहित ४ जनालाई सामाजिक सुरक्षा भत्ताको करिब ६१ लाख रुपैयाँ हिनामिना गरेको आरोपबाट सफाइ दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन हंसपुर र मुच्चाेक गाउँ विकास समितिका वडा सचिव दीपकबहादुर दर्जीसहितले ६० लाख ९७ हजार ६०० रुपैयाँ हिनामिना गरेको भन्दै २ वर्षअघि विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
याे पनि,
अजिरकाेटका ‘बेपत्ता वडासचिव’सहित चारजना विरूद्व भष्ट्रचार मुद्दा
वडा सचिव दर्जीको हकमा मात्र ६० लाख ९७ हजार ६ सय रुपैयाँ बिगो दाबी गरिएको थियो ।
बुधवार श्रीकान्त पौडेल, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले उनीहरूलाई सफाइ दिएको हो ।
अख्तियारले तत्कालीन हंसपुरको कार्यालय सहयोगी विशाल विक र तत्कालीन अहेव सुरेश दवाडीको हकमा २७ लाख २३ हजार २ सय रुपैयाँ र मुच्चाेकका वडा सचिव चन्द्रकान्त सुवेदीको हकमा ३३ लाख ७४ हजार ४ सय रुपैयाँ बिगो माग गरेको थियो ।
सामाजिक सुरक्षा भत्ताबापतको रकम लिए पनि वितरण गरेको हिसाब नदेखिएपछि उनीहरू विरुद्ध मुद्दा दायर भएको थियो ।
दवाडी अजिरकाेट गाउँपालिकाको स्वास्थ्य शाखा निरीक्षकसमेत हुन् । उनी केही समय निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत भएका थिए । बिशेष अदालतमा मुद्दा दायर भएपछि दवाडी काठमडाैंमा एक मेडिकल सञ्चालन गरी बसेका थिए ।
याे पनि,
१० महिनादेखि वडासचिव बेपत्ता, दुई करोड ९० हजार भन्दा बढी बेरुजु