जनकपुरधाम- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले संघीयता बचाउन र संघीय कानुन कार्यान्वयनमा केन्द्रिय सरकार प्रतिवद्ध नरहेको बताउदै शान्तिपुर्ण संवैधानिक लडाई लडनुपर्ने आवश्यकता रहेको बताएका छन्।
जनकपुरधाममा आयोजित एक समारोहलाई सम्बोधन गर्दै नेता निधीले एक समय मधेस माने कांग्रेस र कांग्रेस माने मधेस बुझिए जस्तै पुनः सोही नारा र माहोल बनाउन जुट्नुपर्ने आवश्यकता रहेको बताए।
जनकपुरधाममा आधुनिकतालाई स्वीकार गर्दै आर्थिक गतिविधीहरु हुनुपर्ने बताउँदै उनले महावीर युवा कमिटी जस्ता युवाहरुले समाजिक गतिविधि बढाउनुपर्ने र समाजमा योगदान दिएकाहरुको खोजि गरी सम्मान गर्नुपर्ने बताए।
‘केन्द्रिय सरकार संघियताको मर्म अनुसार काम गर्न सकिरहेको छैन र प्रदेश सरकार पनि संघिय कानून अनुसारको अधिकारका लागि अग्रसर दैखिँदैन त्यसैले संघियता बचाउन आन्दोलनको आवयश्कता छ,’ उनले भने।