काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु चिया बगानको छानबिन गर्न सरकारलाई चुनौती दिएका छन्।
राजधानीमा आयोजित जनप्रतिनिधिसँग अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वाइडबडी, ओम्नी लगायतका छानबिन गरे सरकार आफैं जेल जानुपर्ने पनि बताए।
‘यति होल्डिङ्स भने। गर न त छानबिन हामी भनिरहेका छौं। त्यसबेलादेखि अहिलेसम्म हामी भनिरहेका छौं। के कराइराख्या? वाइडबडी गर न त छानबिन। अनि जाऊ जेलमा आफैं,’ ओलीले भने, ‘वाइडबडीको छानबिन गर आफैं जेल जाऊ। अस्तिसम्म ललिता निवास भन्दै थिए, अहिले कस्तो भागोरे भाग छ।’
उनले ललिता निवास प्रकरणमा अहिले भागाभाग चलिरहेको पनि बताए।
‘हामीलाई भन्दै थिए त, अहिले त एउटा यताबाट अर्को अर्कोतिरबाट गुटुट कुद्छ। अहिले चिया बगान निस्किएको छ। गर न त छानबिन,’ उनले अघि भने, ‘बिना कानुन ५३ सालमा १९ बिगा जमिन बेच्न दिएको थियो कमिसन खाएर त्यसको छानबिन गर। ६० सालमा ५१ बिघा कानुन बेच्न दिइएको थियो। छानबिन गर जेल जाउ।’
उनले बरु आफूले कानुन बनाइदिएको दाबी समेत गरे।
‘हामी भन्छौं, हामीले कानुन बनाइदिएका हौं। अब उप्रान्त यसरी कानुनविपिरित हुन हुँदैन भनेर कानुन बनाएका हौं। कानुन बनाउँदा कसैले कमिसन खान्छ?, ओलीले भने, ‘ओम्नी अरे। ओम्नी भनेको मैले पत्रिका पढेर थाहा पाएको। मैले सुनेको मात्र हो, देखेको छैन। गर न त छानबिन ओम्नी भनेको के हो? भ्रष्टहरूको यत्रो हुँइया, हामीलाई थर्काउने उल्टै?’