सुर्खेत- एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र समाजवादी मोर्चाबीच बनेको गठबन्धन सरकारलाई कसैले देशी विदेशी शक्तिले ढाल्न नसक्ने दाबी गरेका छन् ।
नेपालले समाजको विभेदहरु अन्त्यका लागि समाजवादी शक्ति मिल्नुपर्ने बताए ।
सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै नेपालले समाजवादी एकातर्फ कांग्रेस अर्काे तर्फ हुँदा मतभेद छ कि ? भन्ने होला तर त्यसो नभएको जिकिर गरे ।
उनले सबै कालखण्डका भ्रष्टाचारका फाईलहरुमा निष्पक्ष छानबिन हुनुपर्ने बताए । ‘यो खर्चिलो निर्वाचन प्रणालीले देशमा भ्रष्टाचार मौलाएको उल्लेख गर्दै उनले भने, ‘यो व्यवस्था परिवर्तन गर्नु जरुरी छैन ।’
देशको वर्तमान अवस्थाको विश्लेषणसहित सामाज रुपान्तरणतर्फ लाग्न जरुरी रहेको र यसो नभए देश समाजवाद तर्फ उन्मुख हुन नसक्ने दाबी गरे ।
समाजवादी शक्तिहरुमात्र नभइ इमानदार देशभक्त शक्तिहरुले समाजवादी मोर्चामा आवद्ध समेत हुन आग्रह गरे ।
राम्रो काम गरेर जनताको मन जित्नुस् उनले भने, ‘भ्रष्टाचार गरेर खाली कुर्सी ओगटर नबस्न तीनै तहका सरकारका प्रतिनिधिलाई अग्रह गरे । जनताको प्रत्यक्ष सवालहरु उठाउनुस् । स्रोत साधनको सही सदुपयोग गरी जनतालाई सरकार भएको आवास गराउनुस् ।
राष्ट्रिय सवालका सन्दर्भमा असंलग्न नीति अपनाएको उल्लेख गर्दै अरुको भुमिमा नटेक्ने र आफ्नो लिएको नसहने उल्लेख गरे ।
आफूले पुरानो दस्तावेज पुन हेरेको उल्लेख गर्दै कुनै सैन्य सम्झौता नहुने विशुद्ध सहयोगका रुपमा मात्रै स्वीकार गर्ने बताए ।
देशको सार्वभौमिकताको सवालमा कुनै पनि गलत सम्झौता नहुने दाबी गरे । संघमा मिलेर अगाडि बढेको प्रदेश र स्थानीय तहसम्म मिलेर जानू पर्ने उल्लेख गर्दै समाजवादी मूल्य र मान्यता भएकालाई सममजवादी मोर्चामा ढोका खुल्ला रेहको उल्लेख गरे ।