काठमाडौं- एलपी ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल आयल निगमका अनुसार शुक्रबारबाट लागू हुनेगरी ग्यासको मूल्यमा वृद्धि भएको छ।
निगमले जारी गरेको नयाँ मूल्यसूची अनुसार ग्यासको मूल्यमा २ सय ३५ रुपैयाँ बढेको छ।
यो सँगै अब खाना पकाउने ग्यासको मूल्य १ हजार ८ सय ९५ कायम हुने भएको छ।