काठमाडाैं– गोरखा-ताकुकोट सेवा समाज काठमाडौंले बिहीबार काठमाण्डौँ वनस्थलीबाट गाईजात्रा निकालेको छ ।
वनस्थलीबाट सुरु भएको गाईजात्रामा पाँच सय देखी माथिको उपस्थितमा खरिबोट तुफान चोक राधाकृष्ण मन्दिर नर्सरी चोक हुँदै ढुङ्गे धारा चोक हुँदै वनस्थली चोक अक्सफोर्ड ड्राइभिङ सेन्टरमा आई समापन भएको थियो ।
जात्रामा पाँच सय देखी माथिको संख्यामा ताकु एवं गोरखा पुर्ख्यौली थलो रहेकाको सहभागिता रहेको थियो ।
विगत ६ वर्ष देखि नियमित वर्षहरूमा गोरखा बारपाक सुलिकोट गाउँपालिकाबाट र वडा न ६ ताकुकोटबाट काठमाडौँ आई विभिन्न पेसा व्यवसाय गरी बस्ने सबै जातजातिहरू मिलेर संयुक्त रूपमा गाईजात्रा मनाउने गर्दै आएका छन् ।
गोरखा ताकुकोट सेवा समाज काठमाडौँले आफ्नो गाउँ ठाउँमा मनाउने गरिएको परम्परागत संस्कृतिलाई संरक्षण गर्न गाईजात्रा निकाल्ने गरेको छ।
वर्ष भरिमा मृत्यु वरण गरेका आफन्तहरूको सम्झनामा महिला बिते मान्छेलाई नै सिँगारेर गाई निकाल्ने र पुरुष बिते मान्छेलाई सिँगारेर आफ्नै परिवार भित्रकालाई सिँगारेर गोरु निकालिन्छ। आफन्त मृत्यु भएकाहरूले मृत्यु हुनेहरूको सम्झनामा फलफूल खुवाउने गर्दछन् भने जात्रामा ठुलो बाजा, झुर्मा पनि बजाइन्छ ।
यसै गरी आज पनि गोरखा ताकुकोट सेवा समाज काठमाडौंले गाईजात्रा निकालेको छ। यो जात्रामा मान्छेलाई सिँगारेर काठको घोडा जस्तै बनाइन्छ र पितलको फुली लगाई गोलो पाइपमा कपडाले मोडिन्छ र चार देखि माथि जति पनि नाच्न सकिन्छ । घोडा र ,सिमाली लिएर नाचिने चिलदार हुन्छ । घोडा भन्दा अगाडी दश देखी माथि जति पनि हुन्छन् ।
अर्को विभिन्न भेष भूषामा सबैलाई हसाउने गतिविधि हुन्छ। अर्को गाईको नानीहरू हुन्छन् । जसको टाउकोमा लेखिएको हुन्छ र अन्य महिलाको कपडा लगाएर दश देखी धेरै रहन्छन् । गाईको नानीलाई भुसुना पनि भनिन्छ।
गाईको नानीहरूलाई पानी खुवाउने एक जना महिलाको भेषमा सजिन्छ र सबैलाई पानी खुवाएझैँ गरी नाच्छ।
अर्को रोचक भनेको घोडा जुधाउने हुन्छ । दुई वा तिन दुवै तिर बराबर बसेर बिचमा एक एक जनाले गाइड गरेर बाजाको तालमा जुधाउने र उफ्रने हुन्छ । घोडा जुधाइ कुन पक्षले जित्छ भनेर हेर्न रोचक हुन्छ ।
अर्को टाकटुके दुई दुई वटा तिन फिट छतिको लट्ठी लिएर दुवैतिर बराबर लट्ठी लिएको महिला वा पुरुष लाइनमा बसेर मादलको तालमा लट्ठी जुधाउने र साटिएर फर्किएर खेल्ने गरिन्छ । जसलाई टाकटुके भनिन्छ।