काठमाडाैं- काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिएका छन् ।
उनले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारमा आगाे लगाइदिने धम्की दिएका हुन् ।
महानगरकाे गाडी सरकारले राेकेकाेमा उनकाे आपत्ति छ । उनले `चाेर सरकार´ भन्दै आक्राेश पाेखेका छन् ।
उने लेखेका छन्- ‘आजको लागी केहि भएन , भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने , सिंहदरवारमा आगो लगाइदिन्छु ।याद राख चोर सरकार ।’