काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको हेल्लो सरकारमा अब २४ घण्टा गुनासो राख्न सकिने भएको छ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा हेल्लो सरकारको २४ घण्टा शुभारम्भ कार्यक्रमको थालनी गरे।
उनले उक्त कार्यक्रममा सहभागी केही सेवाग्राहीका गुनासो पनि सुनेका छन्।
सर्वसाधारणले सरकारबारेको गुनासो टिपाउन एनटीसी र एनसेलको नम्बरबाट ट्रोल फ्री नम्बरमा फोन गर्न सक्छन्।
हेल्लो सरकारको टोल फ्री नम्बर ११११ मा गुनासो राख्न सकिनेछ। नेपाल सरकारले सर्वसाधरणका गुनासो हेलो सरकारमार्फत टिप्ने गरेको छ।
आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको कार्यक्रम शुभारम्भ गरेका हुन् ।
हेलो सरकारको २४ सै घण्टा सञ्चालन हुने सेवाको शुभारम्भ गर्दै प्रधानमन्त्रीले जनताका समस्यालाई गम्भीरतापूर्वक लिई समाधान गर्न निर्देशन दिएका छन् ।
यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा अबदेखि एनसेल मोबाइलबाट समेत गुनासो राख्न सकिनेछ ।