गोरखा– गण्डकी गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई राजनैतिक कार्यक्रममा सहभागिता नजनाउनुका साथै कुनै पनि राजनैतिक कार्यक्रम विद्यालय क्षेत्र भित्र नगर्न आग्रह गरेको छ ।
सामाजिक सञ्जालमा राजनीति दलहरूले विद्यालयमा कार्यक्रम गरेको र शिक्षकहरू समेत सहभागी भएको भन्दै गाउँपालिकाले सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।
पालिकाका प्रशासकीय अधिकृत रिजेश उपरकाेटीद्वारा जारी सूचनामा भनिएको छ- ‘गाउँपालिकाले शिक्षा नियमावली २०५९ तथा आचारसंहिता र निजामती सेवा नियमावली २०५० ले कुनै पनि शिक्षक र कर्मचारी राजनैतिक पार्टीको कार्यक्रममा सहभागी हुन नपाउने र सहभागी भए विभागीय कारबाही समेत हुने अवगत गराएको छ।’
साथै, सूचनामा विद्यालयमा हुने राजनैतिक गतिविधिले शैक्षिक गुणस्तरमा प्रभाव पर्ने हुँदा सम्पूर्णलाई गम्भीर भइदिन आग्रह समेत गरेको छ ।