आफ्नो जीवनसाथी खोज्न युवा युवतीहरु के गर्छन् ?
मिल्दो जोडी खोज्नका लागि विभिन्न इन्टरनेट साइट, सोसल मिडिया तथा डेटिङ एपहरुको समेत सहारा लिन्छन् ।
तर अमेरिकामा एक युवतीले भने श्रीमान खोज्नका लागि अनौठो उपाय अपनाइन् र भाइरल बनिन् ।
ती युवती अमेरिकाकी क्यारोलिना गेइट्स हुन् । पछिल्लो २ वर्षदेखि ब्वायफ्रेन्ड विहीन रहेकी २९ वर्षीया सेलिब्रेटी युवती क्यारोलिना गेइट्सले लोग्नेको खोजी गर्दै सडकमा प्लेकार्ड लिएर उत्रिएकी छिन् ।
क्यारोलिनालाई पतिको चाहिएको थियो, त्यसैले उनले हातमा प्ले कार्ड बोकिन् र न्युयोर्कको ब्यस्त सडकमा निस्किइन् ।
उनले बोकेको प्लेकार्डमा ‘Looking for a Husband’ अर्थात् एउटा पतिको खोजी भनेर लेखिएको थियो ।
५ फुट ९ इन्चको कद भएकी सुन्दरी त्यस्तो प्ले कार्ड बोकेर सहरमा घुमिरहेको देख्दा मानिसहरु अचम्ममा परे ।
टिन्डर तथा हिन्ज जस्ता डेटिंग एपहरुमा पुरुषहरु खोज्दा पनि उपर्युक्त पुरुष नभेटिएपछि उनी आफ्नो असल जीवनसाथी खोज्नका लागि प्लेकार्ड बोकेर सडकमा उत्रिएकी हुन् ।