काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मातहतका निकायका १० जना सहसचिवसंगै थप ६० जना कर्मचारीको सरुवा गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मन्त्री स्तरीय निर्णय गर्दै नेपाल इन्जिनियरिङ सेवाका सहसचिवदेखि शाखा अधिकृतसम्मका कर्मचारीको सरुवा गरेका हुन ।