काठमाडौं– पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ।
नेपाल आयल निगमले शनिवार बिहान १ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो।
पेट्रोल लिटरमा एक रुपैयाँ र डिजेल तथा मट्टितेल लिटरमा तीन रुपैयाँ मूल्य बढेको निगमले बताएको छ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य सूची अनुसार मूल्यवृद्धि गरिएको निगमले बताएको छ।
यससँगै अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय ८२ रुपैयाँ पुगेको छ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।
सो अनुसार काठमाडौं, पोखरा र दिपायललाई तेस्रो वर्गमा विभाजन गरिएको छ। यो क्षेत्रमा अब पेट्रोलको मूल्य १ सय ८२ रुपैयाँ हुने निगमले जनाएको छ।
त्यस्तै, पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा १ सय ८० रुपैयाँ र दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १ सय ७९ रुपैयाँ ५० पैसा कायम भएको छ।