गोरखा– बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ ।
सिरानचोक गाउँपालिका वडा नम्बर ४ स्थित अमराईमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाईकलमा सवार सोही ठाउँका २७ वर्षका रामलाल कुमालको मृत्यु भएको हो।
अजिरकोट गाउँपालिकाको भच्चेक बजारबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको गाेरखा दराैंदी यातायातकाे ग१ख ९७३६ नम्बरको यात्रुवाहक बसले र विपरीत दिशाबाट आउँदै गरेको ग७प १५१० नम्बरको मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक कुमाललाई तत्काल उद्धार गरी उपचारका लागि चितवन स्थित पुरानो मेडिकल कलेजमा पु¥याइएको थियो ।
उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई ठक्कर दिने बस र बसका चालक ४९ वर्षका रेशम गुरुङलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।