गोरखा- गोरखा दरौंदी यातायातको यात्रुवाहक बस एक आपसमा ठोकिएको छ ।
भीमसेन थापा गाउँपालिका-५, काे बगुवामा ना५ ख ५०२८ र ना५ख २६२७ नम्बरकाे यात्रुवाहक बस एक आपसमा ठोकिएको हाे ।
आरूघाट गाउँपालिकाको केन्द्र आरूघाटबाट गोरखा जाँदै गरेको र गोरखाबाट आरूघाट जाँदै गरेको बस एक आपसमा ठोकिएको हो ।
बसमा सवार केही यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवर आउन बाँकी छ ।