गोरखा– चुमनुब्री गाउँपालिका-१, सामागाउँकी नाङ्साल छोदेनले विश्वको आठौँ अग्लो मनासलु हिमालको सफल आरोहण गरेकी छिन्।
२५ वर्षीय छोदेनले आइतबार बिहान सवा छ बजे मनासलु हिमालको सफल आरोहण गरेकी पायोनियर कम्पनीका प्रोप्राइटर मिङ्मार लामाले जानकारी दिए।
बेसक्याम्पबाट सरासर २५ घण्टा हिँडेर ८,१६३ अग्लो मनासलुको सफल आरोहण गरेकी हुन् । मनासलु आरोहण गरेर सानै देखिको सपना पूरा गरेको उनले बताइन्।
सामागाउँकै हाेटलमा काम गर्ने स्थानीय छाेदेनलाइ सानै देखि मनासलु हिमाल आरोहण गर्ने चाहना रहँदै आएको थियो ।
उनले हिमालमा चुमनुब्री गाउँपालिकाको लोगो समेत फहराएकी छन् ।
मनासलु हिमाल आरोहणका लागि यस वर्ष ३०९ जनाले अनुमति लिएका छन्