गोरखा– चुमनुब्री गाउँपालिका वडा न २ स्याेका छेवाङ दाेर्जी वृद्ध भत्ता लिन पैदल जाँदा भिरबाट लडेर अचेत अवस्थामा पुगेपछि नेपाली सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको छ ।
सोमबार लडेका वृद्ध दाेर्जीकाे आज बिहान उद्धार गरिएको हाे । ८० वर्षीय वृद्धको उद्धारका लागि तत्कालै पहल गर्दा समेत समय लागेको थियाे।
मनासलु संरक्षण क्षेत्र भएकोले यस क्षेत्रलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयको अनुमति नलिई तत्कालै हेलिकप्टर उडाउन नपाइने अवस्था रहँदै आएको छ ।
निषेधित क्षेत्र खुला गर्न पटक पटक ताकेता गर्दा पनि सुनुवाइ नभएको चुमनुब्री गाउँपालिका अध्यक्ष नीमा लामाले बताए ।