तनहुँ– बन्दीपुर गाउँपालिकाले दक्षिण एसियाकै ठुलो दाबी गरिएको सिद्ध गुफाभित्र कार्यपालिका बैठक राखेको छ ।
विश्व पर्यटन दिवसका अवसरमा गाउँपालिकाले बन्दीपुर–४ स्थित सिद्ध गुफाभित्र कार्यपालिका बैठक गरिएको हो ।
सिद्ध गुफाको प्रचारप्रसार र पर्यटन दिवसका अवसर पारेर गुफाभित्रै बैठक बसेर विभिन्न निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।
उनले भने ‘पर्यटन दिवस रहेकाले कार्यालयमा भन्दा सिद्ध गुफा बैठक बसेर पर्यटन प्रवर्द्धनका लागि गाउँपालिका सधैँ प्रतिबद्ध रहेको छ भन्ने सन्देश दिन खोजेका हौँ ।’
पृथ्वी राजमार्गको तनहुँको डुम्रेबाट दुई किलोमिटर पूर्व विमल नगरमा अवस्थित सिद्ध गुफा समुद्री सतहबाट ६०० मिटरमाथि विमल नगरको ठिक दक्षिण भागमा पर्दछ ।
साे गुफा ०४४ साल चैत १३ गते स्थानीयवासीले पत्ता लगाएका थिए ।