काठमाडौं– प्रभु बैंकले इन्टरनेट नहुँदा पनि मोबाइल बैंकिङ प्रयोग गर्न सकिने सेवा ल्याएको छ ।
इन्टरनेटको पहुँच नभएको ठाउँबाट ग्राहकलाई मोबाइल बैंकिङ सेवा उपलब्ध गराउन बैंकले यस्तो सुविधा ल्याएको हो ।
याेसँगै वाई-फाई वा मोबाइल डेटा नहुँदा समेत प्रभु बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्न सकिने छ ।
माेबाइल सेवा प्रदायक नेपाल टेलिकम र एनसेल आजियाटासँगको सहकार्यमा बैंकले आफ्ना ग्राहकलाई निःशुल्क मोबाइल बैंकिङ एप चलाउने अवसर दिएकाे हाे ।
‘डेटा छैन, नो प्रोब्लम! प्रभु मोबाइल बैंकिङ सेवा प्रयोग गर्दा मोबाइल डेटा खर्च नहुने तथा डेटा शुल्क नलाग्ने व्यवस्था गरिएको छ,’ बैंकले फेसबुकमा लेखेको छ ।
बैंकका अनुसार नेपाल टेलिकम वा एनसेलको सिम भएका ग्राहकहरूले मोबाइल डेटाको शुल्क नलाग्ने तथा डेटा खर्च नहुने गरी प्रभु मोबाइल बैंकिङ चलाउन सक्नेछन् ।