काठमाडौं- आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ ।
गृह मन्त्रालयमा भएको सहमतीसँगै चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका हुन् ।
सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’सँग उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा भर्खरै सम्पन्न वार्ताबाट ६ बुँदे सहमति भएको हो।
पछिल्लो समय मणिपाल-पोखरा, माडी-चितवन, हेटौडा, कन्चनपुर, बेलौरी, लमजुङ, पाटन लगायतका अस्पतालहरूमा घटेका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने र चिकित्सक सुरक्षाको निश्चितता गर्नुपर्ने लगायतका माग संघर्ष समितिले राखेको थियो।
सहमतिपत्रमा स्वास्थ तथा जनसंख्या मन्त्रालयका निमित्त सचिब डा दिपेन्द्ररमण श्रेष्ठ र ‘स्वास्थकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’का संयोजक डा शेसराज घिमिरेले हस्ताक्षर गरेका छन् ।
सहमतिसँगै चिकित्सक संघले पाँच दिनदेखि गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।