काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि आइतबार बिहान अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका सचेतक महेश वर्तौलासहित बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् ।
माओवादीका तर्फबाट प्रचण्डबाहेक उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका नेता नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक हितराज पाण्डे पनि सहभागी छन् ।
एमालेले तस्करीको सुन छानबिन गर्न उच्चस्तरीय आयोग गठनमा सरकारले धोका दिएको भन्दै आजबाट बस्ने प्रतिनिधि सभा बैठक अवरोध गर्ने चेतावनी दिएको छ । सोही विषयमा छलफल गर्न प्रचण्डले एमाले नेताहरूसँग छलफल गरेका हुन् ।