काठमाडौं– चन्द्रागिरि नगरपालिकामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियरलाई अख्तियारले घुससहित नियन्त्रणमा लिएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर–१४ मा कार्यरत विजया लक्ष्मी पन्तलाई घुस रकम सहित पक्राउ गरिएको हाे ।
आयोगबाट खटिएको टोलीले उनको साथबाट २५ हजार घुस रकम बरामद गरेको छ । सतुगंल स्थित खाजा पसलबाट उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।
घर निर्माण सम्पन्न भएको प्रमाण पत्र उपलब्ध गराएबापत असिस्टेन्ट सब–इन्जिनियर पन्तले घुस मागेकी हुन् । उनी यसअघि पनि सोही नगरपालिकाको वडा नम्बर–१० मा कार्यरत थिइन् ।